
धादिङबेसी चैत्र १ । धादिङबेसीमा हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको कार्यक्रममा ४६ जनाले गरे रक्तदान गरेका छन् ।
सहकारीको २० औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त रक्तदान कार्यक्रममा ९ जना महिला र ३७ जना पुरुष गरि ४६ जनाले रक्तदान गर्नुभएको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उपमन्त्री श्रेष्ठका अनुसार ०७७ श्रावण १ देखि फागुण २९ सम्म धादिङ जिल्लामा २१७३ पोका रगत जम्मा भएको छ ।