धादिङ फागुन १ । नेपाली काँग्रेस ज्वालमुखी गाउँपालिकाले बनाएको रेकर्ड तोड्ने योजना अनुरुप नेकपा धादिङले आज भएको रक्तदानको प्रचार प्रसार गरेको थियो ।
राम्रो कामको लागि भएको यस प्रतिस्पर्धालाई सबैले प्रसंशा गरेका थिए । तर नेपाली काँग्रेस ज्वालामुखी गाउँपालिकाले आयोजना गरेको कार्यक्रमका २१८ जनाले रक्तदान गरेका थिए । यो धादिङको इतिहास मै एउटै कार्यक्रमका यति धेरै मानिसले रक्तदान गरेको पहिलो थियो ।
पुस १६ गते एउटा रेकर्ड कायम गर्ने गरि ज्वालामुखी गाउँपालिका–६ स्थित साँधभञ्ज्याङमा भएको रक्तदान कार्यक्रममा ३१ जना महिला र १८७ जना पुरुष गरि २१८ जना रक्तदान गरेका थिए ।
काँग्रेसको यहि रेकर्ड तोड्न नेकपा धादिङ प्रचण्ड-नेपाल पक्षले जनयुद्ध दिवसको अवसरमा धादिङबेसी सदरमुकाममा जिल्ला स्तरीय रक्तदान कार्यक्रमको आयोजान गर्यो तर महिला २६ पुरुष ८० गरि १०६ जनाले मात्रै रक्तदान गरे ।
यस्तै आजै धादिङ किरान्चोकमा भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् जसमा २० जना पुरुष र ६ जना महिलाले रक्तदान गरेका थिए ।