
धादिङ माघ ३० । तत्कालीन माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको स्मरण गर्दै फागुन १ गते प्रचण्ड नेपाल पक्षको नेकपाले जनयुद्ध दिवस मनाउने भएको छ ।
सबै जिल्लाहरुलाई जनयुद्ध दिवस मनाउन सर्कुलर पठाइएको केन्द्रीय कार्यालयले जनाएको छ । यस अन्तरगत नेकपा धादिङ, प्रचण्ड-नेपाल पक्षले धादिङबेसीमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।
