धादिङको भुमि समस्या समाधान आयोगको कार्यालय उद्घाटन गर्न ज्ञवाली धादिङ आउँदै

Avatar photo
Dhadingpost
बुधबार, माघ २८, २०७७

धादिङ माघ २८ । धादिङको भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन गर्न भोली (बिहिबार) देवी ज्ञवली धादिङ धादिङ आउने हुनुभएको छ ।

भुमि व्यवस्थापन आयोगका अध्यक्ष समेत रहनु भएका ज्ञवालीले जिल्ला समन्वय समिति धादिङमा एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गर्नुहुने आयोगका सदस्य संजय दुवाडीले धादिङपोष्टलाई बताउनु भयो ।

सरकारले देशका ७७ वटै जिल्लामा भुमी समस्या समाधान आयोग गठन गरे सँगै धादिङमा पनि रामहरि अधिकारी अध्यक्ष हने गरि विज्ञ सञ्जय दुवाडी र सदस्यमा गंगादेवी श्रेष्ठ नियुक्ती हुनुभएको थियो ।

जिल्ला अध्यक्षले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) तलब(भत्ता पाउने व्यवस्था छ, भने सदस्यले राजपत्रांकित द्वितीय श्रेणी उपसचिव सरह सुविधा पाउने छन् ।