धादिङको भूमि सम्बन्धी समस्या समाधान गर्न आयोग गठन

Avatar photo
Dhadingpost
माघ २०, २०७७

धादिङ माघ२० । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ ।

जसमा धादिङको भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा रामहरि अधिकारी, विज्ञ सञ्जय दुवाडी र सदस्यमा गंगादेवी श्रेष्ठ जिम्मेवारी पाएका छन् ।

जिल्ला अध्यक्षले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) तलब-भत्ता पाउने व्यवस्था छ, भने सदस्यले राजपत्रांकित द्वितीय श्रेणी उपसचिव सरह सुविधा पाउने छन् ।

आयोगको अध्यक्ष रामहरि अधिकारी तात्कालिन नेकपा एमालेको तर्फबाट २०५६ सालको आम निर्वाचन र २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा धादिङ क्षेत्र नं.१ बाट उम्मेदवार बन्नुभएको थियो ।

विज्ञ सदस्य संजय दुवाडी अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य हुन् भने २०७४ मा सम्पन्न स्थानीय तहको चुनावमा ज्वालामुखी गाउँपालिका वडा नं=४ मा तत्कालीन नेकपा (एमाले) बाट वडा अध्यक्ष का उम्मेदवार हुनुहुन्थ्यो ।

यस्तै आयोगको महिला सदस्य गंगादेवि श्रेष्ठ अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी धादिङ सदस्य एवम् २०७४ मा सम्पन्न स्थानीय तहको चुनावमा नीलकण्ठ नगरपालिकामा तत्कालीन नेकपा (एमाले) बाट उप-प्रमुखमा उम्मेदवार बन्नुभएको थियो । हाल उहाँहरु तीनै जना प्रधान मन्त्री केपी शर्मा ओली समुहमा हुनुहुन्छ ।

बागमती प्रदेशका जिल्लाहरुमा को-को बने अध्यक्ष विज्ञ र सदस्य

  • रसुवा- शम्भु गुरुङ, सुष्मा न्यौपाने र विष्णुप्रसाद पौडेल
  • नुवाकोट- विन्दा ढुंगाना, बलराम आचार्य र नारायण घिमिरे
  • धादिङ- रामहरि अधिकारी, सञ्जय दुवाडी र गंगादेवी श्रेष्ठ
  • चितवन- यादवप्रसाद पाठक, शान्तराज आचार्य र महादेवी शर्मा
  • मकवानपुर- रामेश्वर राना मगर, तुलसीप्रसाद रिजाल र प्रतिमा श्रेष्ठ
  • सिन्धुली- कुमारबहादुर कार्की, नवराज थिङ र विष्णुकुमारी पाण्डे
  • रामेछाप- तुलप्रसाद कँडेल, गंगादेवी कार्की, भोजराज कडेरिया
  • दोलखा- धमेन्द्र मोक्तान, बद्रीबहादुर बुढाथोकी र गोमा केसी
  • सिन्धुपाल्चोक- बालकृष्ण देउजा, भगवती अधिकारी, शम्भु सापकोटा
  • काभ्रे- रामकृष्ण हुमगाई शर्मा, जेन लामा र अम्बिका ठकुरी
  • भक्तपुर- मोहनवीर श्रेष्ठ, अनिलकुमार श्रेष्ठ र उत्तरा नेपाल
  • ललितपुर- मधुसूदन पौडेल, सरोजकुमार विष्ट र चतुर व्याञ्जनकारनी
  • काठमाडौं- रामशरण ढुंगाना, मीना रेग्मी, सत्यनारायण डंगोल