राइजिङ कपका लागि विभिन्न प्रतियोगिताहरु सम्पन्न

Avatar photo
Dhadingpost
माघ ९, २०७७

धादिङ माघ ९ । बेनीघाट रोराङ गाउँपालिका चरौंदीमा रहेको राइजिङ स्टार ई. बोर्डिङ स्कुलमा दोस्रो राइजिङ कपको लागि विभिन्न प्रतियोगिताहरु सम्पन्न गरेको छ ।

विद्यालयको ४ सदन बीच हुने उक्त प्रतियोगिताहरु हरेक शुक्रबार हुने विद्यालयका खेलकुद संयोजक नविन रसाईलीले बताउनु भयो ।

आज सम्पन्न विभिन्न प्रतियोगिताहरुको नतिजा यस्तो छ ।

senior quiz contest:

1st Annapurna
2nd Sagarmatha
3rd Machhapuchchhre

Junior girls Kabaddi:

1st Kanchanjunga
2nd Sagarmatha
3rd Annapurna

यो पनि
दोस्रो राइजिङ कप फुटबल प्रतियोगिता सुरु

आज सम्म सम्पन्न भएको राइजिङ कप फुटबल तथा अतिरिक्त क्रियाकलापमा अन्नपूर्ण र सगरमाथा १० अन्कका साथ प्रथम स्थानमा रहेका छन् । कन्चनजङ्घा ७ र माछापुच्छ्रे ३ अंकको साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

कक्षा १-३ को mathematical race र कक्षा १-१० को hand writing को नतिजा आउन बाँकी रहेको शिक्षक रसाईलीले बताउनु भयो । Group game मा पहिलो दोस्रो र तेस्रोलाई ७, ५ र ३अंक प्रदान गरिएको छ भने व्यक्तिगत तर्फ पहिलो दोस्रो र तेस्रो लाई ३, २ र १ अंक प्रदान गरिएको छ।