धादिङको रुबीभ्याली डुब्ज्युमा बोम्बोहरु (फोटो फिचर)

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २, २०७७

गोपाल फ्युवा तामाङ
धादिङ माघ २ ।
धादिङको रुबिभ्याली गाउँपालिका वडा नं ४ सेर्तुङको बराङ गाउँमा अवस्थित डुब्ज्युमा भव्य मेला लागेको छ ।

तामाङहरुको ल्हो फेर्ने अवसरमा लाग्ने मेलामा अनेक गाउँबाट झाँक्रीहरु आई रातभर जाग्राम तथा सुख, शान्ति र समृद्धिको लागि प्रार्थना गर्दै बराङ गाउँमामा डुब्ज्युमा मेला लागेको हो ।

धादिङ र नुवाकोटका विभिन्न गाउँबाट ३० भन्दा बढी बोम्बोहरुको साथमा सयौं दर्शनार्थीहरु मेला भर्न आएका थिए । पौष २९ गते प्रवेश गरेका बोम्बोहरुले आफ्ना जिन्दाहरुको सामुहिक फप्पा कार्य पनि गरेका थिए ।

रातभरको पुजापाठ र प्रार्थना पश्चात् बिहान छे कपु लिएर आ आफ्नो निवास तर्फ फर्कने गर्दछन् । शक्तिशाली देवी रहेकाले टाढा टाढाबाट बोम्बोहरु आएको बराङ गाउँका स्थानीय बुद्धजीवि उर्च तामाङले बताउनु भयो ।

डुब्ज्युमा पाठपुजा गरे आफ्नो मनोकांक्षा पूरा हुने विश्वासले पनि टाढा टाढाबाट दर्शनार्थीहरु आउने गर्दछन् । यहाँ कोही परम्परागत ख्यारप गरिरहेका हुन्छन्, युवायुवतीहरु सोई सोई बोम्बो सोई भाकामा दोहोरी गाइरहेका हुन्छन् ।

ढ्याङग्रोको तालमा नाच्नु, गाउनुको मजा अनुभव गर्न सकिन्छ । यसले मेलामा देखिने आधुनिकता र परम्पराको सम्मिश्रण अनुभव गर्न सकिन्छ ।