काँग्रेस बेनीघाट रोराङका सचिव सुवास विसुरालद्वारा राजिनामा

Avatar photo
Dhadingpost
माघ १, २०७७

धादिङ माघ १ । नेपाली काँग्रेस बेनीघाट रोराङ गाउँपालिकाका सचिव सुवास विसुरालले पदबाट राजिनामा दिनुभएको छ ।

व्यक्तिवादी प्रवृतिबाट गरिने निर्णयहरुको सँधै साक्षी वस्न नसकिने बन्दै सचिव विसुरालले सचिव पदबाट राजिनामा दिनुभएको हो ।

विगत ४ वर्ष देखि पार्टीमा चुनावी समिक्षा समेत भएन, नियमित बैठक वसेर गर्नु पर्ने निर्णयहरु कसैको बन्द कोठाबाट सार्वजनिक हुन्छ सचिवको हैसिएतले आफु सधैं कसैको बन्द कोठामा भएको निर्णयको साक्षी मात्र बस्न नसक्ने भन्दै राजिनामा दिएको हुँ विसुरालले भन्नु भयो ।