
सन्दिप स्याम्चेन
धादिङ पौष २७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले असंवैधानिक कदम चाले सँगै ओलीको राजनीति सकिएको बताउनु भएको छ ।
काठमाडौको बसुन्धारा स्थित मेगा पार्टी प्यालेस काठमाडौंमा रहेका धादिङगेहरुको प्रशिक्षणलाई सम्बोधन गर्दै नेता पाण्डेले भन्नु भयो, ओलीले असंवैधानिक कदम चाल्दै प्रतिगनमको यात्रा तय गरेका छन्, समाजवाद सम्मको यात्रा ओलीले ब्रेक लगाउने प्रयत्न गरेको छन् यसलाई क्षम्मे गर्न नसकिने बताउँदै ओलीको राजनीति सकिएको बताउनु भएको हो ।
नेकपा उत्तरी भेगिया समन्वय कमिटी धादिङले गरेको उक्त कार्यक्रममा अतिथिहरु, नेकपा केन्द्रिय सदस्य एवम पुर्व संविधान सभा सदस्य पुष्प बिक्रम मल्ला, नेपाल टेड युनियन महासङघका केन्द्रिय अध्यक्ष जगत सिम्खडा,युवा नेता एवम संविधान सभा सदस्य धन बहादुर घले लगायतले सम्बोधन गर्नुभएको थियो ।