धुनीबेसीमा ओली पक्ष नेकपाको नगर भेला सकियो

Avatar photo
Dhadingpost
आइतवार, पुस २६, २०७७

धादिङ पुस २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले धुनीबेसी नगरपालिकाको भेला सम्पन्न गरेको छ ।

धुनीबेसी नगरपालिका ७ खानिखोला स्थित धुनीबेसी बोर्डिङ स्कुलको सभाहलमा सम्पन्न नगर संगठन कमिटीको बिस्तारीत बैठक तथा कार्यकर्ता भेलाको प्रमुख आतिथ्यता नेकपाका केन्द्रीय सदस्य भुमी त्रिपाठीको रहेको थियो ।

नेकपाको नगर अध्यक्ष रामराजा पाण्डेको सभापति सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सदस्य जग्गनाथ नेपाल, थाक्रे गाउँपालिकाको अध्यक्ष रामकुमार आचार्य र उपाध्यक्ष अम्बिका रुपाखेती थाक्रे वडा नम्बर ७ को वडा अध्यक्ष राम कुमार बस्नेत र धुनिबेसी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष केदार पाठक लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष समेत रहनुभएका नेता त्रिपाठीले चुनाव बैशाख मै हुने बताउनु भएको थियो । विकास र समृद्धिका बाधक नेपाल र प्रचण्डहरु जनताबाट कटि सकेकोले चुनावमा जान डराउनु स्वभाविकै हो तर चुनावमा नगई सुखै नभएको बताउनु भएको कार्यक्रममा सहभागि एक नेताले धादिङपोष्टलाई बताउनु भयो ।