बिनोदमान् श्रेष्ठ प्याब्सन धादिङको अध्यक्षमा चयन

Avatar photo
Dhadingpost
पुस २४, २०७७

धादिङ पुस २४ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन(प्याब्सन) धादिङको अध्यक्षमा चिल्ड्रपार्क आवासीय बोर्डिङ स्कुलका विनोदमान श्रेष्ठ चयन हुनुभएको छ ।

धादिङबेसी स्थित कार्यालयमा सम्पन्न प्याब्सन धादिङको विशेष भेलाले श्रेष्ठको अध्यक्षतामा शान्तिदीप एकेडेमीका दिनेश भट्ट उपाध्यक्ष, राइजिङ स्टार ई.बो. स्कुलका टीका थपलिया सचिव, ब्लुमिङ लोटस ई.बो. स्कुलका सञ्जीव गजुरेल सह सचिव, सुनगाभा एकेडेमीका रामहरि अधिकारी कोषध्यक्ष र चाइल्डकेयर ई. बो. स्कुलबाट संगिता श्रेष्ठ सह कोषध्यक्ष चयन गरेको छ ।

यस्तै भेलाले सदस्यहरुमा रामसुन्दर पाण्डे जगदम्बा ई. बो. स्कुल, कल्पना सिलवाल ब्राइट फ्युचर ई. बो. स्कुल, ललिता पाठक त्रिपुरेश्वर ई. बो. स्कुल, भिम बहादुर श्रेष्ठ एड्भान्स एकेडेमी, सुजन थापा बाल ज्योति एकेडेमीलाई चयन गरेको छ ।