
धादिङ पुस २४ । धादिङका प्रचण्ड-नेपाल पक्षिय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले सिडियो मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र पठाएका छन् ।
प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम चालेको भन्दै उक्त कदमको विरोधमा प्रचण्ड-नेपाल पक्षको नेकपा धादिङ नेता कार्यकर्ताले सिडियो मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र पठाएका हुन् ।
प्रचण्ड-नेपाल पक्षको नेकपाको केन्द्रीय कार्यक्रम अनुसार धादिङ जिल्लामा नेताद्वय पूर्व शिक्षा मन्त्री गंगलाल तुलाधर र नेता विष्णुपुकार श्रेष्ठको नेतृत्वमा गएको नेकपा कार्यकर्ताहरुले सिडियो मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र पठाएका थिए ।
यस्तो छ विरोध पत्र

