धादिङका दुई युवा, चोरीको मोटरसाईकल सहित पक्राउ

Avatar photo
Dhadingpost
पुस २३, २०७७

धादिङ पुस २३ । धादिङका दुई युवालाई काठमाडौं सोह्रखुट्टेबाट प्रहरीले चोरीको चोरीको मोटरसाईकल सहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका ९ मुरली भन्ज्याङ का २६ वर्षिय राजन मगर र थाक्रे गाउँपालिका १ देवीस्थानका २१ वर्षिय राजन तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरू प्रयोग गर्ने ९२ प ७६३० नम्वर कालो रातो रंङ्गको २२० सीसीको पल्सर मोटरसाइकल पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धान क्रममा उक्त मोटरसाइकलको वास्तविक नम्बर प्रदेश ३-०२-१२ प ९८३५ खुल्न आएको छ ।