धादिङ पुस २३ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् बागमती प्रदेशका संयोजक नारायण दाहालले हाँस्नको लागि मुन्द्रको कमेडी नै ठिक छ, ओलीको कमेडी क्लव धेरै दिन न टिक्ने बताउनु भएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै नेता दाहालले केहि दिन यता ओलीले संचालनमा ल्याएको कमेडी क्लवको चर्चा हुने गरे पनि त्यो क्लव फल्व हुने बताउनु भएको हो ।
देश बर्वादी तर्फ धकेलेर सहयोद्धाहरुलाई बदलाभाव व्यक्त गर्ने ओलीको मनसायले ओलीको राजनीतिक भविश्य सकिएको समेत उहाँले दावी गर्नुभएको थियो । सडक तातेको त हिजो राजा पनि सडकबाटै फालेको हो । ओलीको असंवैधानिक कदम पनि जनताले सल्ट्याउने उहाँले बताउनु भयो ।
कार्यक्रममा विशेष अतिथि गंगालाल तुलाधरले कार्यकर्तालाई प्रशिक्षण मुलक भनाई राख्दै ओली विचारबाटै स्खलित हुनुभयो । उहाँको नेकपा सिध्याउन चलखेल पुरा नहुने बताउनु भएको थियो । केहि नेताहरु ओली सँग लागे होला विस्तारै फर्कन्छन् पार्टी फुट्यो भनेर चिन्ता नलिनोस् पार्टी फुट्दैन तुलाधरले भन्नु भयो ।
गाउँपालिका पार्टी कमिटीका अध्यक्ष विवेक थपलियाको अध्यक्षतामा सम्पन्न उक्त भेलामा नेकपा धादिङ इनचार्ज शालिकराम जम्कट्टेल, शिवराज कडेल, पित्तबहादुर डल्लाकोटी, सिता ढुङ्गाना लगायतले सम्बोधन गर्नुभएको थियो ।