
धादिङ पुस २१ । नेपाली सेनाले आज गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाडौं सम्मको एकीकरण पदयात्रा गोरखाबाट सुरु गरेको छ ।
नेपाल एकीकरणका बेला गोरखाका राजा पृथ्वीनारायण शाह र उनका गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले आजबाट एकीकरण पदयात्रा सुरु गरेको हो । यो पदयात्रा पौष २२ गते (भोली) धादिङको बुङकोटघाट आईपुग्ने छ ।
आज गोरखाबाट हिडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याएको टर्च र झन्डा धादिङको बोर्लाङघाटमा आएर धादिङ स्थित नेपाली सेनाको श्री देवीदत्त गणलाई हस्तान्तरण गर्नेछ ।
त्यसपछि श्री देविदत्त गणको टोलीले धादिङको बुङकोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङगा, रानिपौवा, कालोढुङगा, खहरे, चरङगे पौवा, चरङ्गे, कटुन्जे, पन्ध्रकोषे, थर्पु हुँदै भ¥याङभुरुङ सम्मको करिब ४२ किलोमिटर दुरी पार गरी नुवाकोटमा रहेको श्री जबरजंग गणलाई हस्तान्तण गर्नेछ ।
नुवाकोटको जबरजंग गणले काठमाडौंको पल्टनलाई बुझाउन नुवाकोटको टोली पुस २६ गते काठमाडौं पुग्छ ।’ टर्च र झण्डा सहित काठमाडौंको पल्टन पुस २७ गते पृथ्वी जयन्तीको दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुने बताईएको छ ।
यस अधिको समाचार
गोरखा, धादिङ , नुवाकोट हुँदै काठमाडौं सम्म उक्त पदमार्गको दुरी २६ कोष रहेको छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट र विसं १८२५ मा काठमाण्डौ राज्य जितेका थिए । त्यस क्रममा उनी दर्जनौँ पटक गोरखादेखि नुवाकोट हुँदै काठमाण्डौ सम्म ओहोर दोहोर गरेको इतिहासमा भेटिन्छ ।
विसं २०३१ सालमा पृथ्वी राजमार्ग चालु हुनुअघि काठमाण्डौ बाट पश्चिमी भेगका बासिन्दा राजधानी काठमाण्डौ सम्म पैद लै ओहोर दोहोर गर्ने गरेको बुढा पाकाहरु बताउँछन् ।
पदमार्ग, कोट, गण र किल्लाहरु सम्वद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रम अन्तर्गत पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने उद्देश्यले यो यात्रा सुरुभएको सेनाले जनाएको छ ।
