
धादिङ पुस २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बेनीघाट रोराङ प्रचण्ड-नेपाल पक्षले अगुवा पार्टी कार्यकर्ता भेला गर्ने भएको छ ।
पार्टी औपचारीक फुटको घोषण नजिक रहेको ओली पक्ष र प्रचण्ड-नेपाल पक्षले पार्टीको तल्लो कमिटी सम्म आ आफ्नो कार्यक्रम गरि रहेको बेला प्रचण्ड नेपाल-पक्षले बेनीघाट गाउँपालिका स्तरीय अगुवा पार्टी कार्यकर्ता भेला चरौंदी स्थित पशुपति डाँडामा आयोजना गर्ने भएको हो ।
उक्त भेलालाई राजेन्द्र प्रसाद पाण्डे, गंगालाल तुलाधर र शालिकराम जमकट्टेल लगायतले सम्बोधन गर्ने बताईएको छ ।
