धादिङ पुस १९ । धादिङ जिल्लामा हाल सम्म देखिएका १५ सय २७ जना कोरोना भाईरस संक्रमित मध्य १४ सय ८२ जनालाई निको भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले आईतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार अझै पनि ४५ जना संक्रमितहरु आईसोलेशनमा रहेका छन् ।