ओली पक्षिय नेकपा धादिङको भेला जारी

Avatar photo
Dhadingpost
पुस १३, २०७७

धादिङ पुस १३ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले धादिङबेसी स्थित जिल्ला समन्वय समितिको हलमा गरेको भेला जारी रहेको छ ।

प्रचण्ड नेपाल पक्षले भेला गरेको पर्सि पल्ट ओली पक्षले भेला गरेको हो । तर दुबै पक्षले उक्त भेलालाई भेला नभनी चौंथो पूर्ण बैठक भनेका छन् । जिल्ला अध्यक्ष नेत्रराज पौडेलले शनिबार आयोजना गरेको प्रचण्ड नेपाल पक्षले गरेको बैठकलाई आधिकारीक नभएको फेसबुकमा जनाएको भोली पल्ट आईतबार फेरि अर्को स्टाटस लेखि आफुले राजनीतिबाट बाहिरएको घोषणा गर्नुभएको थियो ।

राजनीतिबाट बाहिरएको घोषणा गरेको भोली पल्ट फेरि पौडेल कै अध्यक्षतामा बैठक बसेको छ । जिल्ला कमिटिको बैठक भएि पनि दुबै पक्षले सामान्य कार्यकर्ताहरुलाई बठैकमा बोलाएका थिए ।

आज भएको ओली पक्षको कार्यक्रममा योजना आयोगका उपाध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य डा. पुष्प कडेलको आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा केन्द्रिय सदस्यहरु खेम लोहनी, भुमी त्रिपाठी, चन्द्र रिजाल, जानुका सिंखडा जगननाथ नेपाल लगायतको आतिथ्यता रहेको छ ।