धादिङ पुस १३ । नेपाली काँग्रेस धादिङले आज क्षेत्रगत रुपमा गजुरी र सल्यानटारमा संसद विघटन बिरुद्ध प्रदर्शन गर्ने भएको छ ।
प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको बिरुद्ध नेपाली काँग्रेसले देशभर प्रर्दशन गर्ने कार्यक्रम अनुसार धादिङको दुई ठाउँ गजुरी र सल्यानटारमा विरोध प्रदर्शन हुन लागेको जिल्ला सभापति रमेश धमलाले धादिङपोष्टलाई बताउनु भयो ।
गजुरीको कार्यक्रममा काँग्रेस नेताहरु हरि अधिकारी, शिव सुवेदी लगायत नेताहरुको नेतृत्व रहने बताईएको छ भने सल्यानटारको कार्यक्रममा रमेश धमला, दिलमान पाख्रिन, रामनाथ अधिकारी लगायतले नेतृत्व गर्ने भएका छन् । फाइल फोटो