धादिङ पुस ११ । धादिङबेसीमा नेता राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा प्रचण्ड-नेपाल समुहको भेला सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धादिङको चौथो पुर्ण बैठक नाम दिएको प्रचण्ड-नेपाल पक्षको उक्त कार्यकर्ता भेलामा जिल्ला इन्चार्ज शालिकराम जम्कट्टेलको सभापतित्व रहेको थियो ।
नेकपा जिल्ला अध्यक्ष नेत्रराज पौडेलले आज कुनै बैठक भेला नभएको फेसबुकमा स्टाटस नै बनाएर पोष्ट गर्नुभएको थियो भने प्रचण्ड-नेपाल पक्षको आजको भेलालाई पार्टीको चौथो पुर्ण बैठक भएको जनाएको छ ।
प्रचण्ड-नेपाल पक्षको आजको भेलामा नेताहरु गंगालाल तुलाधर, पुष्पविक्रम मल्ल, गुरुप्रसाद बुर्लाकोटी, रामबहादुर भण्डारी लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।