धादिङबाट ४ जना नेकपाको केन्द्रीय सदस्यमा मनोनित

Avatar photo
Dhadingpost
पुस ७, २०७७

धादिङ पुस ७ । औपचारिक विभाजनको नजिक रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अहिले प्रधान मन्त्री केपी शर्मा ओली र प्रचण्ड माधव नेपाल समुहमा विभाजन भएको छ ।

केपी ओली पक्षले विस्तार गरेको केन्द्रीय सदस्यहरुमा धादिङबाट ४ जना मनोनयमा पर्नुभएको हो । ओली समुहले विस्तार गरेको केन्द्रीय सदस्यमा धादिङबाट जिल्ला समन्वय समितिका प्रमुख जगननाथ नेपाल, विघटित संघीय संसदका सदस्य भुमि त्रिपाठी र ज्वालमुखी गाउँपालिकाको उप प्रमुख जानुका संखडा र पूर्व पर्यटन विभाग सचिव चन्द्र रिजाल रहनु भएको छ ।

अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीको प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी हिजै मनोनयन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भयो । यहि ५५६ जनामा धादिङबाट ४ जना थप हुनुभएको हो ।