सहयोगी कार्यकर्ता होइनौं, बाल विकास शिक्षक भन्न माग

Avatar photo
Dhadingpost
पुस ७, २०७७

धादिङ पुस ७ । एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङ अन्तरगतको बाल विकास शिक्षक विभागले बाल विकास सहयोगी कार्यकर्ता नभएर बाल विकास शिक्षक भनिनु पर्ने माग गरेको छ ।
धादिङबेसीमा सम्पन्न भएको विभागको बैठकले विभिन्न माग सहित ५ वटा निर्णयहरु गरेको छ ।

यस्ता छन् माग र निर्णयहरु
१. बाल विकास सहयोगी कार्यकर्ता होइन, बाल विकास शिक्षक भनिनु पर्ने ।
२. बाल विकास शिक्षकको दरबन्दी सिर्जना गरि कार्यरत बाल विकास शिक्षकहरुलाई दरबन्दिमा स्थानान्तरण गरिनुपर्ने ।
३. प्राथमिक शिक्षक सरह सेवा सुबिधा प्रदान गरिनुपर्ने ।
४. सबै बाल विकास शिक्षकहरुलाई सेवा कालिन ३० दिने मन्टेश्वरी तालिमको प्रवन्ध गरिनुपर्ने ।
५. बाल विकास शिक्षकको सम्पुर्ण दायित्व संघिय सरकारले लिनु पर्ने ।
६. सबै बाल विकास कक्षामा भौतिक सुबिधा (स्मार्ट टि.भि., कार्पेट, टेवल, बूक कर्नर, शैक्षिक सामग्री आदि) को व्यवस्था गरिनुपर्ने ।
७. धादिङका १३ वटै स्थानिय तहहरुमा बाल विकास शिक्षक विभाग गठन गर्ने ।
८. सबै पालिकाहरु र शिक्षा विकास तथा समन्वय इकाइमार्फत बाल विकास शिक्षकका मागहरु पेश गर्ने ।
९. बाल विकास शिक्षक विभागको फेसबुक ग्रुप बनाई नियमित छलफल गर्ने ।
१०. माग पूरा गराउनका लागि शिक्षकका पेशागत संस्थाहरु, शिक्षक महासंघ लगायत सरोकारवालाहरुसंग छलफल गरि समन्वय गर्ने ।