धादिङ पुस ६ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ८ को बिदाङमा अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको छ ।
आईतबार सम्पन्न भएको उक्त परिचय पत्र वितरण शिविरबाट २८ जना अपाङ्गता भएका व्यक्तिहरु लाभान्वीत भएको गाउँपालिकाका सल्लाहकार मणिराज गुरुङले धादिङपोष्टलाई बताउनु भयो ।
जसमा ३ वटा निलो र ६ वटा अन्य कार्ड दिने नयाँ छन् भने यस अघि नै प्रदान गरिएको १२ वटा रातो र ७ वटा निलो रङको परिचय पत्र नविकरण गरिएको थियो ।
उक्त परिचयपत्र वितरण शिविरमा गाउँपालिकाका उप प्रमुख देवीप्रसाद सिल्वाल, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराई, स्वास्थ्य प्रमुख शंकर दुवाडी लगायतको सहभागिता रहेको थियो ।