नेकपा कार्यकर्ताद्वारा धादिङबेसीमा प्रदर्शन

Avatar photo
Dhadingpost
पुस ५, २०७७

धादिङ पुस ५ । प्रतिनिधिसभा विघटन विरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका कार्यकर्ताहरुले धादिङबेसी बीच बजारमा प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका जनवर्गीय संगठनहरु संम्मिलत उक्त प्रदर्शनको नेतृत्व नेपाल राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य चन्द्र बहादुर सिलवाल मिलनले गर्नु भएको थियो ।

उक्त बिरोध कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर, केपी ओली मुर्दावाद र असंवैधानिक निर्णय खारेज गर, संसद विघटन फिर्ता गर जस्ता नारा लगाइएको थियो ।