चन्द्रोदयको ०६७ एसएलसी ब्याचद्वारा शैक्षिक सामग्री र पोशाक प्रदान

Avatar photo
Dhadingpost
आइतवार, पुस ५, २०७७

धादिङ पुस ५ । धादिङको बेनीघाट रोराङ विशालटार स्थित चन्द्रोदय माध्यामिक विद्यालयबाट ०६७ सालमा एसएलसी पास गर्ने विद्यार्थीहरुले गरिव तथा जेहेन्दार १४१ जना विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक प्रदान गरेका छन् ।

चन्द्रोदय ०६७ एसएलसी ब्याचका विद्यार्थी राजन त्रिपाठीका अनुसार शनिबार एक कार्यक्रमका बीच ति विद्यार्थीहरुलाई उक्त सामाग्री प्रदान गरिएको हो ।

हाम्रो ब्याचका साथीहरु बीच छलफल भयो केहि त गरौं भन्ने अभिप्रायले पहिलो चरणको कार्यक्रम गरिव जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक दिने निर्णय भयो । त्यहि अनुसार विद्यालयले दिएको नाम लिष्ट अनुसार कक्षा नर्सरी देखि कक्षा १० सम्मका १४१ जना गरीव तथा जेहेन्दार विद्यार्थीलाई उक्त सामाग्री प्रदान गरिएको त्रिपाठीले धादिङपोष्टलाई बताउनु भयो ।