नेकपा धादिङका इञ्चार्ज र अध्यक्षको अध्यादेशबारे फरक-फरक बुझाई

Avatar photo
Dhadingpost
बुधबार, पुस १, २०७७

धादिङ पुस १ । यतिबेला नेपाल कम्यनिष्ट पार्टी (नेकपा) दुई समुहमा विभाजित छ । त्यसको असर जिल्ला तह सम्मै आईपुगेको प्रष्ट देख्न सकिन्छ ।

धादिङका इञ्चार्ज शालिकराम जम्कट्टेल र अध्यक्ष नेत्रराज पौडेलले आ-आफ्नो समुहको समर्थनमा अभिव्यक्ति दिदै आएकोले जम्कट्टेल प्रचण्ड नेपाल पक्ष र पौडेल प्रधानमन्त्री ओली पक्ष रहेको प्रष्ट रुपमा बुझ्न सकिन्छ ।

मंगलबार जारी अध्यादेशको बारेमा पनि, यी दुई नेता जम्कट्टेलले ध्यादेश ल्याईनु गलत भएको भनेका छन् भने पौडेलले अध्यादेश कानुन सम्वत नै आएको आ-आफ्नो फेसबुकबाट धारणा व्यक्त गरेका छन् ।