धादिङमा कोरोनाले मृत्यु हुनेको संख्या १७ पुग्यो

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर ५, २०७७

धादिङ मंसिर ५ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले तयार गरेको डाटा अनुसार धादिङमा कोरोनाको कारणले मृत्यु हुनेको संख्या १७ जना पुगेको छ । जस मध्य बिहिबार थाक्रे गाउँपालिका वडा नम्बर ११ की ६० बर्षिय महिलाको मृत्यु भएको थियो ।

धादिङ घर भई भारतमा रोगजारी गर्दै आएका ज्वालामुखीका १ जना, चैनपुर घर भई काठमाडौ बस्दै आएका एक जना कोरोना संक्रमण भई मृत्यु भएको सूची भने स्वास्थ्य कार्यालयले आफ्नो सूचीमा राखेको छैन यो समेत गरी धादिङमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १७ जना रहेको छ ।

धादिङमा हाल सम्म कोरोना संक्रमितको संख्या १ हजार ३१० जना पुगेको छ जसमा ११ सय ५४ जना संक्रमण मुक्तभई घर फर्कि सकेका छन् ।