
धादिङ मंसिर ३ । नेपाल पत्रकार महासंघ धादिङ शाखाले संस्थापक अध्यक्ष स्व. सिताराम प्रसाद वर्माको १३ औं पुण्य तिथिमा आज श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।
पत्रकार महासंघ धादिङका कार्यलयमा आयोजित उक्त श्रद्धाञ्जली कार्यक्रममा धादिङका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो भने स्वर्गिय वर्माको फोटोमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेपाल पत्रकार महासंघ धादिङ तथा प्रेस युनियन धादिङका सस्थापक अध्यक्ष स्वर्गिय वर्मा धादिङको पत्रकारिताको धरोहर, प्रेस स्वतन्त्रता सेनानी हुनुहुन्थो । तस्वीरः केशव अधिकारी