सांसद खेम लोहनीका भाई मोहनको कोरोनाका कारण मृत्यु

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक ५, २०७७

धादिङ कार्तिक ५ । धादिङका संघीय सांसद खेम प्रसाद लोहनीको भाई ज्वालामुखि गाउँपालिका ७ चैनपुर घर भएका मोहन लोहनीको मृत्यु भएको छ ।

राजधानीको सिनामंगलमा रहेको काठमाण्डु मेडिकल कलेज (केएमसी) मा मोहन लोहनीको निधन भएको हो । उहाँ लामो समयदेखि युवा राजनीतिमा समेत समलग्न रहेका उनी पूर्व माओवादी केन्द्र निकट वाइसिएल नेपालको केन्द्रीय कार्यालयमा समेत सहभागि हुनुहुन्थ्यो । ।

उहाँ निकट आफन्तका अनुसार उनलाई ज्वरो राखे सँगै अस्पताल लगिएको र त्यसपछि कोरोना पोजेटि देखिएको थियो ।