बेतिनी दुर्घटना अपडेटः मृतक संख्या २ पुग्यो, घाईतेलाई काठमाडौं लगियो

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज २०, २०७७

धादिङ असोज २० । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका ५ बेतिनीमा स्वराज गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

मंगलबार लपाङबाट कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको स्वराज गडी मंगलबार दिउँसो दुर्घटना हुँदा घाईत भएका ३ जना मध्य २ जनाको मृत्यु भएको हो भने १ जनालाई उपचारको लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त दुर्घटनामा परि मृत्यु हुनेमा २७ वर्षिय चालक बेगबहादुर तामाङ र ६४ वर्षिय शेर बहादुर तामाङ रहेका छन् भने घाईते राम ब तामाङलाई हेलिकप्टर काठमाडौं लगिएको छ ।