मलेखुको दलित बस्ती जहाँ गरिवीका कारण २ असाह्य भोकै बस्नु पर्ने अवस्थामा (भिडियो समेत)

Avatar photo
Dhadingpost
आइतवार, अशोज १८, २०७७

निर्मल नारायण
धादिङ असोज १८ ।
न परिवार छ, न आफन्त, न घर छ, न जग्गा जमिन, न शरीर स्वास्थ्य छ, न कसैको सहयोग, यस्तै पिडामा दिन बिताई रहनु भएको छ बेनीघाट रोराङ ३ मलेखु स्थित ठुटे पिपल दलित बस्ती दमाई गाउँका आईतमायाँ परियार र बीर बहादुर भुसाल ।

मलेखु बजार नजिकै मलेखु खोलामा एउटा दलित बस्ती छ । यस बस्तीमा ३२ घर दलित परिवार बस्दै आएका छन् । सबैको पेशा भनेको पुरुषहरु मलेखु खोलामा बालुवा निकाल्ने र महिलाहरु मलेखु बजारमा माछा पखाल्ने काम गर्ने र बिहान बेलुकाको छाक टार्ने गर्दछन् ।

यहि बस्तीमा दुई जना असाह्यहरु हुनुहुन्छ । उहाँहरुको नत परिवार छ, न त काम गर्ने बल नै । दुई मध्ये आईतीमाया परिवार उमेरले ६० पारगरि सक्नु भयो उहाँको दुबै हातका औलाहरु चल्दैनन् पहिला गिटी खुटेर जिवान यापान गरे पनि अहिले गिटी कुट्न सक्नु हुन्न । बिहान बेलुका मागेर जिवन यापन गर्दै आउनु हुने उहाँ अहिले अत्यन्त कष्टप्रत अवस्थामा हुनुहन्छ ।

मलेखुबजार विजुली बत्तीले झलमल्ल भएपनि उहाँको सहरा अहिले पनि टुकि बत्ती नै हो । खोला किनारमा छिमेकीहरुले जस्ताले बारेर एउटा कटेरो बनाई दिएपनि उहाँ शौचालयको लागि अन्यत्रै भौतारिनु पर्छ ।

हामी पुग्दा उहाँ तरकारी पकाउँदै हुनुहुन्थ्यो र हँसिलो पनि कारण रहेछ केहि दिन अघि एक जनाले एक बोरा चामल, दाल, नुन, चिनी किनि दिएर र्फनु भएको रहेछ । भोकै मर्छु कि जस्तो लागेको थियो एकबोरा चामल किनिदिनु भयो म अहिले त खुसी छु । पिडा, बेदना लुकाउँदै हामीलाई खुसी पोख्नु भयो ।

उहाँ सँग गरिएको केहि कुराकानी

वडा कार्यालय पटक पटक गएको छु वडा अध्यक्ष चुनावमा भोट माग्न आए देखि आउनु भएको छैन तर सुकुम्बासीमा नाम लेखिदिएको छु भन्नुहुन्थ्यो । काम गर्न सक्दिन बृद्धाश्रममा पनि दलित भएकोले बस्न दिएनन् के गर्ने सजिलै सास जाँदो रहेन छ, पिडा आईतीमायाले हामीलाई छताछुल्ल बनाई दिनुभयो ।

यस्तै अर्का असाह्य बीरबहादुर भुसाल हुनुहुन्छ । उहाँ पनि एकल हुनुहुन्छ सम्पत्तीको नामका एउटा सानो कराई र सानो डेक्ची भेटियो । कमजोर शरीर बालुबा निकाल्न नसक्ने, माछा पखाल्ने काम पनि अहिले ठप्प भएपछि कसैले केहि खान दिन्छकी भनेर बस्नु सिवाय उहाँको पनि केहि उपाय नभएको स्थानीयहरुले बताए पछि हामी उहाँ बस्ने टहरो तर्फ गयौं । न पकाउने कुरा, न बस्ने ठाउँ गतिलो त्यो बस्ने कटेरो पनि अरुले नै दिनु भएको रहेछ ।

यी दुई असाह्यहरुलाई कम्तिमा पनि भोको बस्नु पर्ने, वाध्यताको अन्त्य र सुरक्षित बसोबासको व्यवस्था गर्न सकिने उपायहरुको बारेमा छलफलको लागि तमाम् पाठकहरुको ध्यानकर्षण गराउन चाहान्छौं ।

यो गाउँमा दुई तिहाई सरकार बनेको केहि आभाष छैन । जनप्रतिनीधिहरुले पनि खासै यो गरिव दलित र गरिव बस्तीका लागि केहि योजना बनाएको देखिएन । २५ जनाको हाराहारीमा यहा महिलाहरु छन् । दिनभर बरोजगार भैयो स्वरोजगार मुलक केहि तालिम लिन इच्छुक हुनुहुन्छ ।

सरकारको आँखा त पुगेन पुगेन एनजिओ आईएनजीओको समेत आँखा नपुगेको यस बस्तीका महिला अहिले पुर्णत वेरोजगार छन् भने काम गर्न सक्ने पुरुषहरु खोलामा बालुवा निकाल्दै गरेको भेट्न सकिन्छ ।

३२ घर रहेको यस ठुटे पिपल दलित बस्ती दमाई गाउँका १० घरले मात्रै भुकम्पको आवास निमार्णको अनुदान पाए अरुले पाएनन् । केन्द्र र प्रदेश सरकार नचिनेको यस बस्तीका स्थानीयहरुको स्थानी सरकार प्रति ठुलो गुनासो राख्छन् हाम्रो टोलमा यी दुई जनामा मात्रै हैन सबैमा भोकमी लाग्दैछ ।

विद्यालयको जग्गामा आईतीमायाँ बस्न अस्थायी टहरो बनाई दिएको भनेर नेता देखि प्रहरी सम्म भत्काउन आए तर स्थानीयले अस्थायी टहरा भत्काउन दिएनन् ।
#रात विताउने टहरो

उहाँहरुलाई सहयोग गर्न चाहानु हुन्छ भने
स्थानीय समाजसेवी निर्मल नारायण 951127264
स्थानीय एवम जिल्ला फुटबल संघका महासचिव रामहरि थापा 9841464039

लाई सम्पर्क गर्न सक्नु हुनेछ वा सिधै सम्बन्धीत व्यक्तिलाई भेटेर पनि सहयोग गर्न सकिने छ ।