
धादिङ साउन २८ । बागमती प्रदेश सांसद जगत सिंखडाले पूर्व मन्त्री समेत भैसकेका बुद्धिमान तामाङ र दिलमान पाख्रिनलाई यस अघि रुबीभ्यालीको विकासका लागि गर्नु भएको योगदानलाई विशेष धन्यावाद दिँदै, अब रुबीभ्यालीको विकास आफुहरुले गर्ने बताउनु भएको छ ।
प्रदेश सरकारको आयोजना, रुबीभ्याली गाउँपालिकाको सहआयोजना र जिल्ला समन्वय समिति धादिङ समन्वयमा मंगलबार धादिङबेसीमा भएको रुबीभ्यालीको एकीकृत विकास योजना कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्याक्रममा प्रदेश सांसद सिंखडाले उक्त कुरा बताउनु भएको हो ।
अब रुबीभ्यालीको विकास (स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार) हाम्रो काँधमा आएको छ, प्रदेशको बैठकमा रुबीभ्यालीको विकासका लागि कयौं पटक संसदमा टेवुल ठटाएको छु । रुबीभ्याली एकीकृत विकास परियोजना प्रदेश सरकारले त्यतिकै नल्याएको बताउँदै सांसद सिंखडाले कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फूयाललाई देखाउँदै मन्त्री ज्यूले समेत उत्तरी धादिङको विकासलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनु भएको बताउनु भएको थियो ।
मन्त्री फूयालले पनि अब रुबीभ्यालीको काम अगाडी बढ्यो, एकता हुनुहोस् तीनै तहका सरकार मिलेर अब रुबीभ्यालीको विकास तृब्र गतिमा बढाउने घोषणा गरेका थिए ।