धादिङमा प्रदेश सरकारद्वारा पाँच खेल मैदान निमार्ण, जिल्ला खेलकुद विकास समिति अनविज्ञ

Avatar photo
दिपेश कडेल
बिहिबार, साउन १, २०७७

धादिङ साउन १ । धादिङ जिल्लामा बागमती प्रदेश सरकारले ५ वटा खेल मैदान निमार्णको लागि ४ करोड ८० लाख रुपैया विनियोजन गरि काम सुरु गर्यो । यस विषयमा जिल्ला खेलकुद विकास समितिले भने अनविज्ञ रहेको बताएको छ ।

जिल्ला खेलकुद विकास समितिमा प्रदेशको कुनै परिपत्र नआएकोले प्रदेशको वजेटमा कुन कुन खेल मैदानको काम हुँदैछ भन्ने जानकारी नभएको जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय प्रमुख कृष्णलाल श्रेष्ठ बताउँछन् ।

धादिङमा प्रदेश सरकारको सबै भन्दा ठुलो खेल मैदान निमार्ण योजना सल्यानटार रंगशाला निमार्ण योजना हो । क्रमागतमा रहेने यो योजनाका लागि प्रदेशले ०७६.७७ मा साढें २ करोड विनियोजन गरेको थियो तर अख्तियारमा उजुरी परेपछि यो रंगशालाको काम रोकिएको छ ।

यस्तै प्रदेश सरकारले ६ करोड खर्च गरि धादिङबेसी सदरमुकामको मालेबगरमा बनाउन लागेको कभर्डहल ठेकेदार कम्पनीको लापर्वाहीले अलपत्र अवस्थामा छ । ठेकेदारले जग्गा विवादले समयमै काम गर्न नसकिएको बताए पनि जग्गामा त्यस्तो केहि विवाद देखिएको पाईदैन ।

प्रदेश सरकारले गजुरी गाउँपालिका, गजुरीमा कभर्ड हल निमार्णको लागि ०७६/७७ मा २ करोड र गजुरी कै गलौदी खेल मैदान संरक्षणको लागि भनेर ३० लाख विनियोजन गरेको थियो । गलौदी खेल मैदानको काम सकिएको र कभर्डहलको काम जारी हेको निर्माण इकाईका इन्जिजियर प्रकाश काफ्लेले धादिङपोष्टलाई बताए ।

त्यसैगरी प्रदेश सरकारले धादिङबेसी सदरमुकाम नजिकै अल्छीडाँडाँमा निर्माणधिन फुटबल मैदान संरक्षणका लागि ग्याविन जाली लगाउन ५० लाख विनियोजन गरेको थियो उक्त काम अहिले उपभोक्ता समिति मार्फत जारी छ ।

धादिङमा संघको अध्यक्ष छैन, कार्यालय र कर्मचारी छ । प्रदेशको अध्यक्ष छ तर कार्यालय र कर्मचारी छैन

धादिङमा दुई जिल्ला खेलकुद विकास समितिहरु क्रियाशिल छन् । सरकारी निकाय कै दुईवटा जिल्ला खेलकुद विकास समितिहरु आवश्यक हो वा होईन बहस जारी छ । दुईवटा समितिहरु क्रियशिल हुँदा पनि जिल्लामा हुने खेलकुद विकास निर्माणका गतिविधिहरु पाउन मुस्किल हुन्छ ।

प्रदेश सरकारको जिल्ला खेलकुद विकास समिति धादिङका लागि अध्यक्षको नियुक्ती लिएर आएका जिल्ला अध्यक्ष हुन् प्रतापसिंह तामाङ यो समितिको आफ्नै कार्यालय र कर्मचारी छैन । यो समितिलाई प्रदेशबाट जिल्लामा परेका खेलकुद मैदान निमार्ण योजनाहरु कुनै पनि परिपत्र छैन ।

यस्तै संघीय सरकारबाट वर्षौ देखि संचालनमा आएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष विहिन छ । यो कार्यालयमा कर्मचारीहरुको नेतृत्व गर्दै आई रहेका छन् कृष्णलाल श्रेष्ठ ।

तालमेल नमिलेका सरकारद्वारा गठित यी दुईवटा खेलकुद विकास समितिले भने धादिङमा उदाहरणिय रुपमा बस्दै आएका छन् । फरक फरक समिति भएतामा पनि एउटाको अध्यक्ष नहुनु, एउटाको अफिस र कर्मचारी नभएपछि धादिङबेसी शान्तबजारमा रहेको संघको मातहतमा रहेको जिल्ला खेलकुदको अफिसलाई नै साझा अफिसको रुपमा प्रयोग गर्दै आएका छन् । अनुगमनमा पनि यो दुबै समितिहरु उपभोक्ता समितिहरुलाई थप आर्थिक बोझ थोपर्दै गाडी रिजर्भ नै गरेर जाने गरेका छन् ।