धादिङका हरि रिमालले जिते ‘भिक्ट्री म्याराथन एण्ड युनिटी रन’ काे उपाधी

Avatar photo
Dhadingpost
शनिबार, पुस २६, २०७६

धादिङ पुस २६ । धादिङकाे गंगाजमुना गाउँपालिका निवासी हरिकुमार रिमालले ‘भिक्ट्री म्याराथन एण्ड युनिटी रन’ काे उपाधी हात जितेका छन् ।

राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेना मध्य पश्चिम पृतना बुटवलले आयोजना गरेकाे ‘भिक्ट्री म्याराथन एण्ड युनिटी रन’ अन्तर्गत ४२ किलोमिटर दौड २ घण्टा ३१ मिनेट ३७ सेकेन्डमा पुरा गर्दै धादिङ फुलखर्कका रिमालले पुरुष तर्फकाे उपाधी जितेका हुन् ।

पुरुष तर्फ प्रथम भए सँगै रिमाल यस प्रतियाेगिताकाे प्रथम पुरस्कार एक लाख रुपैयाँ हात पारे भने महिला तर्फ कान्छी मायाँ काेजुले हात परिन उनले निर्धारित ४२ किलोमिटरको दाैड कोजुले २ घण्टा ५६ मिनेट ५१ सेकेण्डमा दौड पुरा गरेकि थिईन् ।

विजेताहरुलाई उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले पुरस्कार प्रदान गरेका थिए । पुरस्कार प्रदान गर्दै म्याराथन प्रतियोगिता राष्ट्रिय भावनालाई जागृत गराउने अवसर रुपमा लिईएकाे बताएका थिए ।