नेता केशव विशुरालको असामयिक निधन

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २०, २०७६

धादिङ मंसिर २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ नम्बर प्रदेश सदस्य एवम् धादिङ–काठमाण्डौ सम्पर्क मञ्चका पूर्व अध्यक्ष केशव विशुरालको निधन भएको छ ।

बेनिघाट रोराङ गाउँपालिका विशाटार निवासी ४८ वर्षिय केशव विशुरालको अर्बुदरोग कारण शुक्रबार निधन भएको हो ।

विशालटार स्थित चन्द्रोदय माध्यामिक विद्यालयको सल्लाहकार तथा चन्द्रोदय बहुमुखी क्याम्पसको संस्थापक बिसुरालको अल्पआयूमै भएको असामयिक निधन प्रति दुख व्यक्त गर्दै चन्द्रोदय क्याम्पस र स्कुल दुबै मंसिर २२ गते आइतवार पठन पाठन बन्द गर्ने भएको छ ।

विशुराल विश्वनिकेतन स्कुल एवं कलेज त्रिपुरेश्वर काठमान्डौका संस्थापक कर्मचारी तथा विद्यालय व्यवस्थापन समिति प्रतिनिधि समेत थिए ।