गलौदीमा ग्रासरुट्स फुटबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १०, २०७६

धादिङ मंसिर १० । धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी खेलकुद मैदानमा मंसिर १३ गते शनिवार देखि एन्फा ग्रासरुट्स लिग फुटबल प्रतियोगिता हुने भएको छ ।

जिल्ला फुटबल संघ धादिङको आयोजनामा हुने उक्त प्रतियोगितामा १० वर्ष मुनिको एक समुह र १० देखि १३ वर्ष सम्मको अर्को समुह गरी दुई समुह बनाएर खेलाईने फुटबल संघ धादिङका महासचिव रामहरि थापाले धादिङपोष्टलाई बताए ।

फुटबल विकासका लागि खुल्ला अन्तर क्लव, विद्यालय स्तरीय हुँदै ग्रासरुट्समा समेत प्रतियोगिता गर्दै आई रहेको जिल्ला फुटबल संघ धादिङले मंसिर १३ गते देखि हुने प्रतियोतिमा धादिङको राजमार्ग क्षेत्र अन्तरगतका विद्यालयहरु भाग लिने छन्, भने उत्तरी धादिङलाई समेटर सल्यानटार र मध्य धादिङलाई समेटेर धादिङबेसीमा ग्रासरुट्स लिग फुटबल प्रतियोगिता हुने महासचिव थापाले बताए ।

प्रत्येक क्षेत्रबाट छनौट हुँदै आएका २२ टिम गरी ६ टिम बीच जिल्ला स्तरीय प्रतियोगिता हुने र जिल्ला छनौट भएको टिमले प्रदेश स्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने समेत उनले बताए ।