विज्ञान प्रयोगशालामा रमाउँदै विद्यार्थीहरु (फोटो फिचर)

Avatar photo
Dhadingpost
बुधबार, असार ४, २०७६

धादिङ असार ४ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित आगिञ्चोकमा रहेको सुन्दरी माध्यामिक विद्यालयमा विज्ञान प्रयोगशाला बने सँगै विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् ।

गाउँपालिकाले गुणस्तरीय शिक्षाको लागि चलाएको शैक्षिक अभियानको क्रममा रु ६ लाख खर्च गरि संचालनमा ल्याईएको विज्ञान प्रयोगशाला निमार्ण सँगै विद्यार्थीहरुले खुसी व्यक्त गरेका हुन् ।

शिक्षक खड्क बुर्लाकोटीले कक्षा ६ देखि प्रयोगमा आउने यो प्रयोगशाला व्यवहासिक शिक्षाका लागि अति व्यवहारिक र गुणस्तरिय शिक्षाका लागि उपयोगि हुने धादिङपोष्टलाई बताए ।

शिक्षक बुर्लाकोटीका अनुसार सुन्दरी माध्यामिक विद्यालयमा ३ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । (धादिङपोष्टको लागि तस्विर सौजन्य खड्ग बुर्लाकोटी)