मुसा बाकेर अन्तरिक्ष पुग्यो नेपालको भु उपग्रह

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख ५, २०७६

धादिङ बैशाख ५ । नेपालको पहिलो भु-उपग्रह ४० वटा मुसा बोकेर अन्तरिक्ष पुगेको छ ।

अमेरिका स्थित भर्जिनियाबाट ७६ सय पाउण्ड सामाग्रीहरु बोकेर विहिबार उडेको नेपाली स्याट वान नाम दिइएको नेपाली भू-उपग्रह शुक्रबार विहान साढे ५ बजे अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुग्ने बताइएको छ ।

नेपाली स्याट वानमा मुसाहरु भने एन्टी टिटानस भ्याक्सिनको प्रभावकारिता परिक्षणका लागि पठाइएको बैज्ञानिकहरुले बताएका छन् ।

२० वटा मुसालई अन्तरिक्षमा भ्याक्सिन दिइनेछ भने अरु २० वटालाई दिइनेछैन । पृथ्वीमा आइसकेपछि ती मुसाहरुले भ्याक्सिनमा कस्तो प्रतिकृया जनाउनेछन् भन्नेबारे वैज्ञानिकहरुले अनुसन्धान गर्नेछन् ।

यो स्याटेलाइटलाई पृथ्वीको एक चक्कर काट्न ९० मिनेट लाग्नेछ । यस क्रममा नेपालको आकाशमाथि दैनिक ५ देखि १० मिनेट रहन्छ । यसले पृथ्वीबाट करिब ४ सय किलोमिटर टाढा फन्को मार्नेछ । तस्वीरः खसोखासबाट