भरुवा बन्दुकसहित एक जना पक्राउ

Avatar photo
Dhadingpost
मंसिर ५, २०७५

सुर्खेत, मंसिर ५ । भरुवा बन्दुकसहित मंगलबार प्रहरीले ४२ वर्षीय कुलबहादुर पुलामीलाई पक्राउ गरेको छ ।

बड्डीचौर प्रहरी चौकीको टोलीले बराहताल गाउँपालिका–५ का ४२ वर्षीय कुलबहादुर पुलामीलाई पक्राउ गरेको हो ।

बारीमा लुकाएर राखेको काठ र फलामबाट बनेको भरुवा बन्दुक एक थानका साथै त्यसमा लाग्ने बारुदसमेत बरामद गरेको प्रहरी नायब निरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

पुलामीलाई हातहतियार खरखजना मुद्दाअन्तर्गत कारवाही गरिने उनले बताए ।