प्रधानमन्त्री केपी शर्मा ओली मंसिर ५ देखि एक्सनमा उत्रने

Avatar photo
Dhadingpost
मंसिर २, २०७५

काठमाडौं, १ मंसिर । उपचारपछि आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली मंसिर ५ देखि एक्सनमा उत्रने भएका छन् ।

खासगरी सरकारलाई प्रभावकारी बनाउन उनले मन्त्रीहरुमाथि नै कडाई गर्न लागेका हुन् ।

सन्तोषजनक रुपमा काम गर्न नसक्ने मन्त्रीलाई हटाउने समेत प्रधानमन्त्रीको योजना छ ।

हरेक मन्त्रालयको प्रगती विवरण मागेर मंसिर ५ गतेदेखि उनले मन्त्रीको समिक्षा गर्न लागेको उनको सचिवालयका एक अधिकारीले बताए । मन्त्रीहरुको प्रगती विवरण अनुगमन गर्न प्रधानमन्त्रीले मोबाइल एप समेत बनाइसकेका छन् ।

सरकारको काम प्रभावकारी हुन नसकेपछि उनी एक्सनमा उत्रन लागेका हुन् । स्रोतका भनाईमा, प्रधानमन्त्रीकै अगाडि बसेर मन्त्री र सचिवले जवाफ दिनुपर्ने भएपछि सबै मन्त्रालयले अहिलेसम्मका कामका विवरण र आगामी कार्ययोजना तयार पारिरहेका छन्।