
धादिङ मंसिर २ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मंसिर ८ गतेको बृहत सभाको पूर्व तयारीका लागि साता व्यापी कार्यक्रम सार्वजनिक गरेको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारका रुपमा हेरिन थालिएको विप्लव नेतृत्वको नेकपाले साताव्यापी कार्यक्रममा झण्डा प्रदर्शन देखि मार्चपास सम्म रहेका छन् ।
विप्लव नेतृत्वको नेकपा धादिङका सेक्रेटरी बुद्ध मंसिर ८ गतेको कार्यक्रम औचित्यबारे भन्द्धन् अबको क्रान्तिमा जनमुक्ति सेना भूमिकाबारे पार्टीले कसरी सोचिरहेको छ ?, पार्टीले आफ्नो पुनस्र्थापना दिवसको अवसरमा जनतालाई कस्तो अपील गर्न चाहन्छ ?, क्रान्तिको विश्व र राष्ट्रिय परिस्थितिबारे पार्टीको विश्लेषण कस्तो छ ?, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको लडाइँ अब कसरी अघि बढ्छ ?, सामाजिक फासिवादी दलाल पुँजीवाद र क्षेत्रीय फासिवादबारे पार्टी जनतालाई के भन्न चाहन्छ ? यी कुराहरुको पर्दाफास गरिने छ । उनी भन्छन् हामी मंसिर आठ गते विशाल जनसभाको माध्यामबाट नेपालमा एकीकृत जनक्रान्तिको विकल्प नरहेको घोषणा गर्ने छौं ।
साता व्यापी कार्यक्रम
मंसिर २ गते देशव्यापी झण्डा र ब्यानर प्रदर्शन
मंसिर ३ गते देशव्यापी जुलुस पर्दशन
मंसिर ४ गते देशव्यापी अन्तरक्रिया अन्तर संवाद
मंसिर ५ गते देशव्यापी कोण सभा
मंसिर ६ गते देशव्यापी साँस्कृतिक तथा साहित्यिक कार्यक्रम
मंसिर ७ गते देशव्यापी मार्चपास
मंसिर ८ गते जनसभा
नेकपा धादिङले मंसिर ८ मा हुने कार्यक्रमको तयारी तिब्र पार्यो
