
धादिङ साउन २९ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्द सफल पार्न हिडेका दुई जना कार्यक्रर्ता धादिङमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका ५ बस्ने रोशन श्रेष्ठ र ईश्वर पाण्डे छन् ।
गाडीमा ढुङ्गा हान्ने दुई कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
काठमाडौंबाट धादिङबेसी तर्फ आउँदै गरेको बा ६ च ४९९५ नम्बरको निजी कारमा बन्द कर्ताले ढुंगा प्रहार गर्दा कारको सीसा फुटेको छ भने एकजना सामान्य घाइते भएका छन् ।
नेता कार्य कर्ता पक्राउ परेको विरोधमा नेकपाले आज नेपाल बन्द गरेको थियो ।
