टर्कीका राष्ट्रपति इर्दोगान भन्छन्– अमेरिकालाई लाज लाग्नु पर्ने

Avatar photo
Dhadingpost
साउन २७, २०७५

एजेन्सी, साउन २७ । टर्कीका राष्ट्रपति रेसेप इर्दोगानले एउटा पादरीको कारणले अमेरिकाले आफुलाई उसको सामू घुडा टेकाउन खोजेको आरोप लगाएका छन् ।

शनिबार राष्ट्रपति इर्दोगानले भने,‘ एकजना पादरीका लागि टर्कीलाई धम्काएर झुकाउने प्रयास गलत हो । शर्म गर, शर्म गर तपाई एक पादरीका लागि आफ्नै नेटो सहयोगीलाई धम्काउँदै हुनुहुन्छ ।’

अहिले अमेरिका ती पादरी ब्रुसनका रिहाईको माग गर्दैछ । पादरी ब्रुसन दुईवर्ष अघिदेखि टर्कीको हिरासतमा थिए । टर्कीले २०१६ मा त्यहाँ भएको असफल तख्तापलटको प्रयासमा संलग्न षडयन्त्रकरीहरुसँग सम्पर्कमा रहेको आरोपमा ती पादरीलाई हिरासतमा लिएको थियो ।

तर ब्रुसन मात्र टर्की र अमेरिकाबीचको तनावको एक्लो कारण होइनन् । यसको पछाडी सिरियाका लागि टर्कीको नीति र रसियासँग बढ्दो निकटता पनि जिम्मेवार छ ।

अमेरिकाले गएको हप्ता एकजना अमेरिकी पादरी एन्ड्रयु ब्रुसनलाई कैद गरेकोमा असन्तुष्ट हुँदै त्यहाँस्थित टर्कीस कूटनीतिज्ञहरुलाई देश निकाला गरेको थियो ।