नक्कली नागरिकता सिफारिसमा वडा अध्यक्ष पक्राउ

Avatar photo
Dhadingpost
असार ८, २०७५

सिन्धुपाल्चोक, असार ८ । नक्कली नागरिकता सिफारिसमा सिन्धुपाल्चोकमा फेरि अर्का वडा अध्यक्ष पक्राउ परेको छ ।

अन्यन्त्र जिल्लाको नागरीकलाई स्याउले घर भनि झुटो विवरण पेस गरी सिफारिस गरिएको आरोपमा वडा अध्यक्ष सहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी विमल राज कणेंलले जानकारी दिए । प्रहरीले हिरासतमा लिएको नक्कली आमा बन्ने महिला र दलाल भनिएका सहयोगीको नाम भने सार्वजनिक गरेको छैन ।

घटनाबारे अनुसन्धान भइरहेकाले नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ । यसअघि सिन्धुपाल्चोकमै नक्कली बाबु खडा गरी नेपाली नागरिकता प्रमाण पत्र सिफारिस गरेको आरोपमा हेलम्बु गाउँपालिका ६ का वडाअध्यक्ष खेतनाथ घिमिरे पक्राउ परेका थिए ।

चौतारा साँगाचोक गढि नगरपालिका १ स्याउलेका वडा अध्यक्ष सानुकान्छा श्रेष्ठ सहित वडा सचिव राजबहादुर श्रेष्ठ ,नक्कलि आमा बन्ने एक महिला र झुटो विवरण दिने दलाल सहयोगी स्याउलेबाट पक्राउ परेका हुन् ।