काठमाडौ, असार ७ । संघीय संसद सुरु भएको करिव साढे ३ महिनापछि संसदीय समिति निर्माणको गृहकार्य सुरु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीले समितिमा पठाउने सदस्यको नाम एक दुई दिनभित्र टुङ्गो लगाउने तयारी गरेको छ ।
सदस्यलाई कुन समितिमा जाने इच्छा छ, उनीहरूको चाखअनुसार प्राथमिकताका आधारमा फर्म भर्न लगाइएको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
उनले संयुक्त समितिको नियमावली पनि आउन बाँकी रहेकाले नियमावली आएपछि यसको टुङ्गो लाग्ने बताए ।
कुन–कुन समितिमा को–को सदस्य पठाउने भन्नेबारेमा राजनीतिक दल सदस्यको नाम सङ्कलन तयारीमा जुटेपछि गृहकार्य सुरु भएको हो ।
