भरुवा बन्दुकसहित एक पक्राउ

Avatar photo
Dhadingpost
असार ५, २०७५

काठमाडौ,असार ५ । सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरबाट हातहतियारसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका मगरमाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका– १० का ५५ वर्षीय दलबहादुर मगर रहेका छन् । सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरस्थित आँपको बगैँचाबाट उनलाई भरुवा बन्दुक, बारुद, छर्रा र दुई थान भालासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।