कहाँ–कहाँ भयो हिलाम्ये बर्षा ? फेरी दोहोरिन सक्ने अनुमान

Avatar photo
Dhadingpost
असार ३, २०७५

काठमाडौं, असार ३ । शुक्रबार साँझपछिको बर्षा अन्य दिनको भन्दा फरक रह्यो, आसपासको बोट बिरुवा हिलाम्मे र धुलो, मैलो लागेको छ ।

हिलाम्ये बर्षा नेपालमा मात्र होइन पाकिस्तानका अधिकांश भेग र बंगलादेशमा पनि परेको छ । भारतको गुजरात, राजस्थान, दिल्ली, पन्जाव, हरियाणामा प्रतक्ष्य देखिएको छ ।

राजस्थान आसपासको मरुभुमिमा अझै पनि हुरी चलिरहेको र धूलो मिश्रित वायु पूर्व सर्ने क्रम जारी रहेकाले हिलाम्ये बर्षाको प्रभाव दोहोरिन सक्ने मौसमविदहरु बताउँछन् ।

बर्षाले वायुमण्डलमा रहेको प्रदूषण र धूँवा धूँलो झारेपछि यस्तो असर देखिएको मौसमविदहरु बताउँछन् ।

भारतको राजस्थान आसपासको मरुभूमिमा केही दिनदेखि चलेको हुरीले नेपालको वायुमण्डलमा भित्र्याएको धूलोका कणलाई बर्षाले पखाल्दा यस्तो प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जमिनको सतहबाट २ किलोमिटर उचाइ आसपासको वायुमण्डलमा कुहिरोझैं फैलिएको धूलोको कणलाई बर्षाले पखालेको हो ।