मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

Avatar photo
Dhadingpost
जेष्ठ ३१, २०७५

काठमाडौं, जेठ ३१ । भक्तपुरको सल्लाघारीमा बिहीबार बिहान साढे ३ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते श्रेष्ठको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकल पछाडि सवार भक्तपुरमै बस्ने बाग्लुङका २१ वर्षीय सुन्दर खड्काको भक्तपुर अस्पतालमै उपचार भइरहेको छ ।

बिहीबार बिहान साढे ३ बजेतिर ठिमीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ५५ प २५२७ नम्बरको मोटरसाइकल सडकमा रहेको चौपायालाई जोगाउन खोज्दा अनियन्त्रित भइ पल्टिएको थियो ।