क्रान्तिकारीका नेता बद्री अधिकारी सहित ५ जना पक्राउ

Avatar photo
Dhadingpost
जेष्ठ ३१, २०७५

धादिङ जेष्ठ ३१ । विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य धादिङका बद्री अधिकारी सहित ५ जना विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

रसुवा जिल्ला सम्मेलनको तयारीमा रहेका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बद्री अधिकारी, धादिङ जिल्ला संयोजक इश्वर पाण्डे सहित पाँच जनलाई प्रहरीले मंगलबार गरेको हो ।

अखिल क्रान्तिकारी रसुवाको जिल्ला सम्मेलनको तयारीका क्रममा तामासालिङ इन्चार्ज समेत रहेका अधिकारी सहित ५ जना पक्राउ परेको अखिल क्रान्तिकारी ताम्सालिङले विज्ञप्ती मार्फत जनाएको छ ।