कैलाली, जेठ २९ । स्कुल बसले ठक्कर दिदा लम्कीचुहा नगरपालिका–१० चुहाका १८ महिने छोरा भुवन भण्डारीलाई बसले ठक्कर दिदा मृत्यु भएको छ ।
लम्कीमा रहेको गुरुकुल ईंग्लिस बोर्डिङ् स्कुलको भे१ख ४४३ नम्बरको बस विद्यार्थी बोक्दै सोही ठाउँमा पुग्दा दिदी र दाइसगै आएका बालक बसको मुनी छिरेको र चालकले थाहा नपाउँदा घटना भएको प्रहरीले जनाएको छ ।
दिदी र दाइ स्कुल जानको लागि बस चढ्ने क्रममा सँगै रहेका महेन्द्र भण्डारीका १८ महिने छोरा भुवन भण्डारीको सोही बसले ठक्कर दिदा मृत्यु भएको हो इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी सहायक निरीक्षक कटकबहादुर रावलले जानकारी दिए ।
चालक लम्कीचुहा नगरपालिका–२ का रामबहादुर शाहीलाई प्रहरी बससहित नियन्त्रणमा लिएको छ ।
